६४ प्रतिशतले घट्यो यार्साको निर्यात, एक महिनामा बाहिरियो ८ करोडको मात्रै यार्सागुम्बा

६४ प्रतिशतले घट्यो यार्साको निर्यात, एक महिनामा बाहिरियो ८ करोडको मात्रै यार्सागुम्बा

शनिवार, भाद्र २२ २०८१
शनिवार, भाद्र २२ २०८१
  • ६४ प्रतिशतले घट्यो यार्साको निर्यात, एक महिनामा बाहिरियो ८ करोडको मात्रै यार्सागुम्बा

    काठमाडौं । चालू आर्थिक वर्षको साउनमा नेपालबाट हुने यार्सागुम्बाको निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा यार्साको निर्यात ६४.६८ प्रतिशतले घटेको हो ।

    गत आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा २३ करोड २० लाख १३ हजार रुपैयाँ बराबर रकममा ३७३ किलो यार्सागुम्बा निर्यात भएको थियो । आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा उक्त रकममा ६४.६८ प्रतिशतले घटेर ८ करोड १९ लाख ४० हजार रुपैयाँ पुगेको हो । सो अवधिमा २०४ किलो यार्सा निर्यात भएको छ । 

    गत आर्थिक वर्षभरिमा नेपालले ७० करोड १८ लाख रुपैयाँ बराबर रकममा १४ सय ८४ किलो यार्सा निर्यात गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij