आज सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

आज सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

शुक्रवार, भाद्र २१ २०८१
शुक्रवार, भाद्र २१ २०८१
  • आज सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

    काठमाडौं । आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाली वजारमा एक सातापछि नै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको हो । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला १३०० रुपैयाँले बढेसँगै मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि भदौ १३ गते सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो ।

    सो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ शुक्रबार तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७९५ रुपैयाँ पुगेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij