काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबारदेखि सुनको मूल्य स्थिर रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।