९० अंकले घट्यो नेप्से, कारोबार रकम १२ अर्ब ९२ करोड

९० अंकले घट्यो नेप्से, कारोबार रकम १२ अर्ब ९२ करोड

बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • ९० अंकले घट्यो नेप्से, कारोबार रकम १२ अर्ब ९२ करोड

    काठमाडौं । बुधबार नेप्से परिसूचक घटेको छ । सोमबार र मंगलबार क्रमशः १२७.३२ अंक र ६.९४ अंकले बढेर २८३०.२० विन्दुमा पुगेको नेप्से आज ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा पुगेको हो । 

    बुधबार कारोबारमा आएका २४५ कम्पनीमध्ये ३१ वटाको शेयरमूल्य बढेको छ । २१३ कम्पनीको शेयरमूल्य घटेको छ भने एक कम्पनी स्थिर रहेका छन् । बजारमा रहेका १३ उपसमूहमध्ये सबै उपसमूहको सूचक घटेका छन् । 

    आज कारोबारमा आएका ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त र समाज लघुवित्त रहेका छन् । 

    आज २ करोड ६५ लाख कित्ता शेयर १२ अर्ब ९२ करोड बराबर रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्सको भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij