घट्यो हवाई भाडा, अब कुन रुटको कति पर्छ ?

घट्यो हवाई भाडा, अब कुन रुटको कति पर्छ ?

मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • घट्यो हवाई भाडा, अब कुन रुटको कति पर्छ ?

    काठमाडौं । नेपाल वायुसेवा कम्पनीले हवाई भाडा घटाएको छ । कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले हवाई भाडादर घटाएको हो । 

    नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य घटाएसँगै वायुसेवा कम्पनीहरुले समेत हवाई भाडा घटाएका हुन् । आयल निगमले हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ घटाएको थियो ।

    सोही आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा इन्धन सरचार्ज घटाएका हुन् । वायुसेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयान प्राधिकरणमा पत्र पठाएको थियो ।

    प्राधिकरणले स्वीकृत गरेसँगै भाडा घटेको हो । नजिकिंदो चाडपर्वसँगै मानिसको हवाइ यात्रा समेत बाक्लिने गर्छ । यहि समय भाडा घटाइँदा हवाइ यात्रुलाई राहत मिल्ने भएको छ ।

    त्यस्तै, काठमाडौंबाट भोजपुरको उडानमा ४५ रुपैयाँ घटाएको छ भने काठमाडौंबाट जुम्लाको उडानको लागि १ सय ६० रुपैयाँ घटाएको छ । काठमाडौं–दाङको लागि १ सय ३५ रुपैयाँ, काठमाडौं–रुकुम १ सय ४५ रुपैयाँ, काठमाडौं–रेसुङ्गाको लागि १ सय ५ रुपैयाँ र काठमाडौं–जोमसोम १ सय रुपैयाँ घटाएको छ । 

    अब कुन रुटको कति ?

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij