बढ्यो सुनको मूल्य, तोलामा कति ?

बढ्यो सुनको मूल्य, तोलामा कति ?

शुक्रवार, माघ २६ २०८०
शुक्रवार, माघ २६ २०८०
  • बढ्यो सुनको मूल्य, तोलामा कति ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    विहीबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij