टीकापुर नगर विकास समितिका तत्कालिन अध्यक्षसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

टीकापुर नगर विकास समितिका तत्कालिन अध्यक्षसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

शुक्रवार, माघ २६ २०८०
शुक्रवार, माघ २६ २०८०
  • टीकापुर नगर विकास समितिका तत्कालिन अध्यक्षसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षसहित  २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर नगरपालिका–१ स्थित सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेको आरोपमा नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरुद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको हो।


    अख्तियारका अनुसार तत्कालीन अध्यक्षलगायत पदाधिकारी तथा कर्मचारीको मिलेमतोमा नक्कली रसिद बनाइ समितिका पदाधिकारी एवं नगर विकास समितिको प्लट घडेरी आफन्तलगायत संघ संस्थालाई उपलब्ध गराएको पुष्टि भएपछि बिहिवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । आरोप पत्रमा नगर विकास समिति तत्कालीन अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मी, तत्कालीन योजना प्रमुखहरू बलबहादुर कडायत,झप्पर सिंह विश्वकर्मा, तत्कालीन सदस्य सचिव अम्बादत्त जोशीलाई दोशी देखाइ मुद्धा दायर गरिएको छ ।

    त्यसैगरी तत्कालीन नापी अधिकृतहरू मानबहादुर चन्द, गणेशबहादुर बम, तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्ट,समितिका खरीदार धनीराम भण्डारी, सब ओभरसियर नेत्रबहादुर रावल,तत्कालीन फिल्ड सुपरभाइजर देवीलाल घिमिरेलगायत दुई सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष जोसीलाई  २ करोड १२ लाख ४० हजार ९४४ रुपैयाँ बिगो र कैद सजाय माग गरिएको अख्तियारले जनाएको छ।

    उनले टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्ति विशेषको नाममा दाखिला गरेको पुष्टि भएको अख्तियारको ठहर छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij