काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।