काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेअनुसार आज सुनको मूल्य तोलामै ४ सय रुपैयाँले घटेको हो ।
आज छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले घटेरप्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
आज चाँदीको मूल्य तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।