काठमाडौं । आज एकैदिन हजार रुपैयाँले सुनको मुल्य बढेको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले बढेर १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मुल्य प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।