काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ५१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
विहीबार प्रतितोला १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ५१ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।