काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख ५३ हजार रुपैयाँम कारोबार भएको सुनको मूल्य १ हजार १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५१ हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।