काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो ।
मंगलबार प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख ५२ हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कायम भएको छ ।