काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ६सय रुपैयाँमा कायम भएको महासघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोलाको १ हजार ६ सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।