हुरीले हवाई उडान प्रभावित, जहाज विभिन्न गन्तव्यमा डाइभर्ट

हुरीले हवाई उडान प्रभावित, जहाज विभिन्न गन्तव्यमा डाइभर्ट

बिहिवार, चैत्र २९ २०८०
बिहिवार, चैत्र २९ २०८०
  • हुरीले हवाई उडान प्रभावित, जहाज विभिन्न गन्तव्यमा डाइभर्ट

    काठमाडौं । प्रतिकूल मौसमका कारण  आज अपरान्ह राजधानी लगायतका मुलुकको हवाई उडान प्रभावित भएको छ । अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र बाहिय दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
     
    उनका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फ केही जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनका साथै केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन् । 

    नेपालगञ्जबाट काठमाडौँ आउदै गरेको बुद्ध एयरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाडौँ आइरहेको सोही कम्पनीको जहाज सिमरा नै डाइभर्ट भएको छ । काठमाडौँबाट पोखरा जान लागेको यती एयरलाइन्सको जहाज काठमाडौँ नै फर्किएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij