काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा भारी वृद्धि भएको छ । आज शुक्रबार सुनको मूल्य ५ हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा भईरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय कायम थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १९० रुपैयाँले बढ्दै ४ हजार ८४० रुपैयाँ कायम भएको छ ।