काठमाडौं । विश्वकपको उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले विजयी सुरूआत गरेको छ । दक्षिण अफ्रिकामाथि २.० को सहज जित निकाल्दै मेक्सिकोले तीन अंक जोडेको हो । मेक्सिकोका लागि पहिलो गोल जुलियस क्विनेजले गरे । खेलको नवौँ मिनेटमा गोल गर्दैजुलियसले यश विश्वकपको पहिलो गोल आफ्नो नाममा लेखाएका हुन् ।
पहिलो हाफमा १.० को अग्रता लिएको मेक्सिकोकालागि खेलको दोस्रो हाफमा रल जेमिनेजले गोल थप्दै टिमलाई २-0 को स्थितिमा पुर्याए ।खेलमा दक्षिण अफ्रिकाका दुई र मेक्सिकोका एक खेलाडीले रातो कार्ड समेत पाएका छन् ।