छालिङमा सार्वजनिक सुनुवाई : गुणस्तरीय स्वास्थ्य, शिक्षा र दिगो पूर्वाधारमा वडा नं. ५ को फड्को

छालिङमा सार्वजनिक सुनुवाई : गुणस्तरीय स्वास्थ्य, शिक्षा र दिगो पूर्वाधारमा वडा नं. ५ को फड्को

बुधवार, जेठ १३ २०८३
बुधवार, जेठ १३ २०८३
  • छालिङमा सार्वजनिक सुनुवाई : गुणस्तरीय स्वास्थ्य, शिक्षा र दिगो पूर्वाधारमा वडा नं. ५ को फड्को

    भक्तपुर ।  भौगोलिक रूपमा भक्तपुरकै सबैभन्दा ठूलो वडा मानिने चाँगुनारायण नगरपालिका–५ ले सीमित स्रोत–साधनका बाबजुद स्वास्थ्य, शिक्षा, खानेपानी, सडक तथा दिगो पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरेको छ । बुधबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्ष जयन्द्र खड्का खुलेर प्रस्तुत भएका थिए ।

    राष्ट्रिय सञ्चार केन्द्रको आयोजनामा छालिङस्थित वडा कार्यालयमा सम्पन्न सार्वजनिक सुनुवाइ तथा प्रगति समीक्षा कार्यक्रममा वडाले पछिल्ला वर्षहरूमा जनजीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा उल्लेखनीय काम भएको जानकारी गराएको हो ।

    707426236_2758398137861992_5443303180785300508_n.jpg

    कार्यक्रममा नगर गौरव आयोजनाअन्तर्गत ‘फास्ट ट्र्याक’ सडक निर्माण, ग्रामीण क्षेत्रका सडक फराकिलो बनाउने योजना, विपद् जोखिम न्यूनीकरण, पर्यटन प्रवद्र्धन तथा कृषिको आधुनिकीकरणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरिएको थियो ।

    वडाध्यक्ष जयन्द्र खड्काले साँघुरा गोरेटो बाटालाई स्तरोन्नति गर्दै सडक विस्तार, सार्वजनिक यातायातको पहुँच वृद्धि तथा सर्वसुलभ सेवा प्रवाहमार्फत वडावासीले प्रत्यक्ष अनुभूति गर्ने गरी विकास अघि बढाइएको बताए । 

    उनका अनुसार चालु आर्थिक वर्षमा स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न रु एक करोड २४ लाख लागतमा छालिङ बृहत् खानेपानी आयोजनाको ठेक्का प्रक्रिया अघि बढाइएको छ । नगरोन्मुख क्षेत्रमा ११ वटा डिप बोरिङ सम्पन्न गरी घरघरमा पिउने पानी पु¥याउने कार्यसमेत गरिएको जानकारी दिइयो ।

    701419891_994201613191294_4656923447423183768_n.jpg

    त्यसैगरी कमलविनायक–नगरकोट, तेलकोट–गोरखनाथ, खरिपाटी–मनकामना तथा सैनिक शिक्षालय हुँदै वडा कार्यालय र मच्छेनारायण जोड्ने सडकलाई १२ मिटर फराकिलो बनाइ कालोपत्र गर्ने तयारी भइरहेको जनाइएको छ ।

    दुई कार्यकालदेखि वडा नेतृत्व सम्हाल्दै आएका वडाध्यक्ष खड्काले जनताको विश्वास कायम राख्दै स्थानीयको सुझाव र आवश्यकताका आधारमा विकास र सुशासनको अभियान अघि बढाइएको दाबी गरे । 

    वडा कार्यालयले महिला उद्यमशीलता कार्यक्रममार्फत एकल महिला तथा अन्य महिलालाई आर्थिक आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गरेको जनाएको छ । ज्येष्ठ नागरिकका लागि मनोसामाजिक परामर्श, बालमैत्री कार्यक्रमअन्तर्गत चित्रकला र खेलकुद तथा युवालक्षित परियोजनासमेत सञ्चालनमा रहेका छन् ।

    705427146_3524680971041536_2333247623696611695_n.jpg

    कृषि, पर्यटन र पूर्वाधारमा स्थानीयको जोड
    सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयवासीले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए । सहरीकरणको प्रभाव तुलनात्मक रूपमा कम रहेको छालिङ क्षेत्रको अधिकांश भूभाग अझै कृषियोग्य रहेकाले कृषिमा विशेष योजना ल्याउनुपर्ने माग गरिएको थियो । 

    कार्यक्रममा स्थानीयले रासायनिक मलको अभाव, विपद् व्यवस्थापनको पूर्वतयारी, सडक स्तरोन्नति, पिउने पानी, अपाङ्गमैत्री पूर्वाधार, रोजगारी सिर्जना तथा सीपयुक्त तालिमको व्यवस्था गर्न माग राखेका थिए ।

    708191313_975020585313566_51742556005869341_n.jpg

    सीमित बजेट, बढ्दो जनअपेक्षा
    राष्ट्रिय जनगणना २०७८ अनुसार वडा नं. ५ मा नौ हजार २५४ जनसंख्या रहेको छ । चार हजार ५५९ पुरुष र चार हजार ६९५ महिला बसोबास गर्ने उक्त वडामा दुई हजार ९९७ घरधुरी रहेका छन् । साविक छालिङ गाविसको क्षेत्र समेटिएको वडा ९ दशमलव ६१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ ।

    भौगोलिक रूपमा जिल्लाकै ठूलो वडा भए पनि जम्मा रु दुई करोड बजेटमा ७२ किलोमिटर सडक सञ्जालसहितका विकास आवश्यकता पूरा गर्न चुनौतीपूर्ण रहेको जनप्रतिनिधिहरूले बताएका छन् । सीमित स्रोत र बढ्दो जनअपेक्षाबीच काम गर्नुपर्दा धेरै योजना चाहेर पनि तत्काल कार्यान्वयन गर्न नसकिएको गुनासो उनीहरूको थियो ।

    702382341_1382742367242743_691258308357957247_n.jpg

    सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रममा सबैजसो ठूला दलका वडा नेतृत्वले प्रतिनिधित्व गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष जयन्द्र खड्काले वडावासीलाई भगवानको संज्ञा दिँदै आफू पुजारी मात्रै भएको भनाई राखेका थिए । दुई कार्यकाल वडाको नेतृत्व गरेका उनले सधैं जनताको विचमा बसिरहने घोषणा पनि कार्यक्रममा गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij