नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

बुधवार, जेठ १३ २०८३
बुधवार, जेठ १३ २०८३
  • नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

    काठमाडौँ । नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ ।
     
    सम्झौतामा योगदानमा आधारित भएरनभएको उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने, गराउने व्यवस्था रहेको छ । बैंकका कर्मचारीले मासिकरवार्षिकरूपमा कोष कट्टी गरी नियमित रूपले लगानी कोषमा रकम जम्मा गर्नुपर्ने कोषले जनाएको छ ।
     
    कोषले बैंकका कर्मचारीको व्यक्तिगत खाता तयार गरी अभिलेख राख्नेछ । बैंकको सिफारिसमा सेवा निवृत कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था कोषले गर्नेछ ।
     
    उक्त सम्झौतामा कोषका निर्देशक छविरमण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij