आज पनि काठमाडौं लगायतका स्थानमा वर्षा हुुने, मधेश र कोशीमा हावाहुुरीको सम्भावना

आज पनि काठमाडौं लगायतका स्थानमा वर्षा हुुने, मधेश र कोशीमा हावाहुुरीको सम्भावना

बिहिवार, चैत्र ८ २०८०
बिहिवार, चैत्र ८ २०८०
  • आज पनि काठमाडौं लगायतका स्थानमा वर्षा हुुने, मधेश र कोशीमा हावाहुुरीको सम्भावना

    काठमाडौँ । बिहिवार पनि काठमाडौं लगायतका स्थानमा वर्षा हुुने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिवार कोशी, मधेश, बागमति, गण्डकी, लुम्बिनी लगायतका प्रदेशमा वर्षा हुुनेछ ।

    आज वर्षाको सम्भावना रहेपनि हिजोको जस्तो लामो झरी भने नरहने बताइएको छ । बुधबार बिहादेखि देशका धेरै भू–भागमा वर्षा भइराखेको छ । आज कोशी र मधेश प्रदेशमा हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुुने भएकाले सतर्क रहन आग्रह गरिएको छ । 

    पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले अझै दुुई दिनसम्म वर्षा हुने सम्भावना रहेको बिभागले जनाएको छ । महाशाखाका अनुसार हिजो सबै भन्दा बढी कोसी, मधेस र वाग्मती प्रदेशमा वर्षा भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij