दुप्चेश्वरमा ८ मेगावाटको आयोजना निर्माण हुने, विभागले माग्यो सुझाव

दुप्चेश्वरमा ८ मेगावाटको आयोजना निर्माण हुने, विभागले माग्यो सुझाव

शनिवार, चैत्र ३ २०८०
शनिवार, चैत्र ३ २०८०
  • दुप्चेश्वरमा ८ मेगावाटको आयोजना निर्माण हुने, विभागले माग्यो सुझाव

    काठमाडौं । तादी खोला जलविद्युत आयोजनाले दुप्चेश्वरमा ८ मेगावाटको तादी घ्याङफेदी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । विद्युत विकास विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै सो जानकारी दिएको हो । 

    खोलाको दायाँ किनारमा मुख्य संरचनाहरु रहेन गरि नदी बहावमा आधारित आयोजना निर्माण गर्न कम्पनी हाल अन्तिम स्वीकृति लिने प्रक्रियामा छ । विद्युत विकास विभागका अनुसार आयोजना प्रारम्भिक बाताबरणीय परीक्षण प्रतिवेदन उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयबाट २०७९ फागुन ३० गते मा स्वीकृत भएको थियो । इआइए र गत मे को आयोजनाको पछिल्लो सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार विभागले शनिबार सरोकारवालाका लागि सुचना प्रकाशित गरेको छ । 

    आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय÷सुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरिएको छ। आयोजनाको विस्तृत अध्ययन भइसकेको छ। 

    प्रस्तावित जलविद्युत आयोजनका निर्माण तथा सञ्चालन स्थल कुनै उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा विभाग वा एबीपी इनर्जी प्रालिको कार्यालयमा लिखित प्रतिक्रिया दिन सरोकारवालालाई आह्वान गरिएको छ । 

    तादी घ्याङफेदी जलविद्युत आयोजनाले तादी खोलाको २.२५ घनमिटर प्रति सेकण्ड पानी र ४४६ गस हेडको प्रयोग गरी ८ मेगावाटसम्म विद्युत उत्पादन गर्नेछ । आयोजनावाट बार्षिक औसत ४९.७६ गिगावाट (सुक्खायाममा १६.१७ गिगवाट घण्टा र बर्षायाममा ३३.५९ गिगावाट) घण्टा विद्युतीय उर्जा उत्पादन हुनेछ ,। 

    आयोजनाका मुख्य भौतिक संरचनाहरु नुवाकोटको दुप्चेश्वर –१ मा तादी खोलाको दायाँ किनारमा रहनेछन् । आयोजनाका लागि आवश्यक पर्ने पानी फर्काउन तादी खोलामा बाँध लगाइने छ । विद्युतगृह १९.६ मिटर लम्वाइ, १६.२ मिटर चौडाइ २१७७ मिटर उचाइको रहने विद्युतगृह दुई वटा र्टवाइन रहने छन् । 

    आयोजनाबाट उत्पादित विद्युत आयोजनको स्वितयार्डमा जडान गरि ५ किलोमिटर लामो ३३ केभी सिगल  सर्किट प्रसारण लाइन समुन्द्रटार सवस्टेसन जडान गरिने छ । 

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij