सुन र चाँदीको मूल्य बढ्यो

सुन र चाँदीको मूल्य बढ्यो

बिहिवार, चैत्र १ २०८०
बिहिवार, चैत्र १ २०८०
  • सुन र चाँदीको मूल्य बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८ सय बढेर प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ थियो ।

    त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला ८ सय रुपैयाँले वृद्धि भई प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ थियो ।

    चाँदीको पनि प्रतितोला ५० रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ५ सय १५ रुपैयाँ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij