माघ महिनामा घट्यो महंगी

माघ महिनामा घट्यो महंगी

आइतवार, फाल्गुण २७ २०८०
आइतवार, फाल्गुण २७ २०८०
  • माघ महिनामा घट्यो महंगी

    काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनामा मुद्रास्फीति (महंगी) घटेको छ । आर्थिक वर्ष २०७९÷८० को सोही समयमा ७.८८ प्रतिशत रहेको उक्त दर यसपटक ५.०१ प्रतिशत मात्रै रहेको हो । 

    २०८० माघ महिनामा पहाडको मुद्रास्फीति सर्वाधिक ५.५८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त दर ७.३० प्रतिशत रहेका थियो । हिमाली र तराई क्षेत्रमा मुद्रास्फीति क्रमशः ५.४४ प्रतिशत र ४.७१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा उक्त दर क्रमशः ७.९२ प्रतिशत र ७.८२ प्रतिशत रहेको थियो । 

    काठमाडौं उपत्यकाको मुद्रास्फीति यस माघमा ४.९६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त दर ८.४७ प्रतिशत रहेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij