काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो ।
शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य १ हजार सय रुपैयाँले बढेर प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख २५ हजार रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४ रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कायम भएको छ ।