काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विहीबार छापावाला सुनको मल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।
बुधबार प्रतितोला १ लाख २३ हजार ५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । यसअघि सुनको भाउ प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो। विहीबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।