काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । यसअघि सुनको भाउ प्रतितोला २३ हजार रुपैयाँसम्म पुगेको थियो। बुधबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।