काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कायम भएको महांसंघले जनाएको छ ।
आज चाँदीको भाउ प्रतितोला ५० रुपैंयाले बढेको छ । आज चाँदी तोलामा २ हजार ५० रुपैयाँमा कायम भएको छ । बुधबार चाँदी २ हजार रुपैयाँमा कारोबार भएको थियो ।