काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख ६९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ६९ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।