नेप्सेको सीइओका लागि १० जनाले दिए आवेदन

नेप्सेको सीइओका लागि १० जनाले दिए आवेदन

सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • नेप्सेको सीइओका लागि १० जनाले दिए आवेदन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि १० जनाले आवेदन दिएका छन् ।

    नेप्सेको सीइओ छनोट समितिले फागुन १२ गते दरखास्त आह्वान गरी आइतबार अपराह्न ५ बजेसम्मको समय दिएकामा १० जनाको आवेदन परेको हो।

    सीईओ पदका लागि आवेदन दिनेहरुमा पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल, नारदकुमार लुईटेल, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणी चापागाईं, बिमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त बस्याल र मुकुन्दराज जोशी रहेका छन् ।

    छनोट समितिले आवेदन दिएका उम्मेदवारमध्ये पाँच जनालाई कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि बोलाउनेछ। त्यसपछि समितिले तीन जनाको नाम सिफारिस गर्नेछ।

    समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सीइओ नियुक्त गर्नेछ। सीइओ सिफारिसका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फागुन ११ गते वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए।

    समितिमा सहसचिव अमृत लम्साल र डा। खोमराज खरेल सदस्य छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij