काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मुल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मुल्य प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।