नयाँ बजेट तर्जुमाका लागि अर्थ मन्त्रालयले जारी गर्यो ८ बुँदे मार्गदर्शन

नयाँ बजेट तर्जुमाका लागि अर्थ मन्त्रालयले जारी गर्यो ८ बुँदे मार्गदर्शन

सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • नयाँ बजेट तर्जुमाका लागि अर्थ मन्त्रालयले जारी गर्यो ८ बुँदे मार्गदर्शन

    काठमाडाैं । आर्थिक वर्ष २०८२/०८३ को नयाँ बजेटका लागि अर्थ मन्त्रालयले ८ बुँदे मार्गदर्शन जारी गरेको छ । आज (सोमबार) मन्त्रालयले बजेट तर्जुमा गर्ने सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ८ (१) बमोजिम मार्गदर्शन जारी गरिएको हो ।

    स्रोत व्यवस्थापनमा परेको दवाब तथा सार्वजनिक खर्चको उपलब्धि बढाई आर्थिक गतिविधि विस्तार गर्नुपर्ने आवश्यकतालाई समेत दृष्टिगत गरी आयोजना तथा कार्यक्रम प्राथमिकीकरण गर्नुपर्ने अवस्था रहेको भन्दै अर्थले मार्गदर्शनमा उल्लेखित विषयहरूलाई गम्भीरतापूर्वक ध्यान दिनसमेत आग्रह गरेको छ ।

    बजेट तर्जुमालाई यथार्थपरक, कार्यान्वयनयोग्य र नतिजामुखी बनाउन खर्चको दक्षता अभिवृद्धि हुने गरी क्रियाकलाप निर्धारण गरी मन्त्रालय वा अन्तर्गतका आयोजना तथा कार्यक्रमहरू चैत्र १५ गतेभित्र मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट गरिसक्ने व्यवस्था मिलाउनसमेत भनिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij