अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

शनिवार, फाल्गुण १७ २०८१
शनिवार, फाल्गुण १७ २०८१
  • अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
    काठमाडौँ । अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि गरेको विदेशी मुद्राको विनिमयदर निर्धारण दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । 
     
    केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रूपैयाँ २४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६० पैसा रहेको छ । 
     
    त्यसैगरी स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ७३ पैसा र बिक्रीदर १५५ रूपैयाँ ४० पैसा कायम गरिएको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रूपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ७८ पैसा र बिक्रीदर ९७ रूपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ६० पैसा र बिक्रीदर १०४ रूपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।
     
    जापानी येन १० को खरिददर नौ रूपैयाँ २९ पैसा र बिक्रीदर नौ रूपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १९ पैसा र बिक्रीदर १९ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ५० पैसा कायम भएको बैङ्कले जनाएको छ ।
     
    यस्तै, थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३८ रूपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४४ पैसा कायम भएको छ । 
     
    साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९८ पैसा र बिक्रीदर १३ रूपैयाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ  ४७ पैसा र बिक्रीदर १९ रूपैयाँ ५६ पैसा तोकिएको छ ।
     
    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij