बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा

मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा

    काठमाडौँ । बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणमा ओझालाई नियुक्त गर्ने निर्णय गरेको हो । 

    सोमबार नै प्राधिकरणको अध्यक्ष छनोटमा लागि गठित सिफारिस समितिले ओझासहित तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस हुनेमा पूर्व सचिव रामशरण पुडासैनी र दामोदर बसौला थिए । 

    नवनियुक्त अध्यक्ष ओझा पत्रकारिता तथा अध्यापन पेशामा संलग्न थिए । प्राधिकरणमा यसअघि १२ जनाको नाम सिफारिस भएकोमा मन्त्रिपरिषद्मा पठाइएका बाहेक चिरञ्जीवी चापागाइँ र कमल रेग्मीको नाम सिफारिस गरिएको थियो । 

    ती बाहेक डा. देवराज रोका, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डिमप्रसाद पौडेल, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएका थिए । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij