आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा सवा ११ खर्ब

आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा सवा ११ खर्ब

बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा सवा ११ खर्ब

    काठमाडौं । चालु आर्थिक बर्षको २०८१/८२ को ७ महिनामा आयात र निर्यात दुवै बढेको छ । भन्सा विभागले सार्वजनिक गरेको विवरण अनुसार माघ महिनासम्ममा ९ खर्ब ८८ अर्ब रुपैयाँ आयात भएको छ भने १ खर्ब २७ अर्ब रुपैयाँ निर्यात भएको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार आयात १०.०८ प्रतिशत र निर्यात ४६.५० प्रतिशत बढेको छ । गत आर्थिक बर्षको सोही अवधिमा ८ अर्ब ९७ अर्ब रुपैयाँ आयात भएको थियो भने ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । 

    विभागका अनुसार व्यापार घाटा १३.३ प्रतिशतले बढेको छ । चालु आर्थिक बर्षको ७ महिनामा व्यापार घाटा ११ खर्ब १५ अर्ब रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा यस्तो घाटा ९ खर्ब ८४ अर्ब रुपैयाँ थियो । 

    यस अवधिमा आयात निर्यात अनुपात २४.८५ प्रतिशतले घटेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij