एकैदिन दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

एकैदिन दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

आइतवार, फाल्गुण २० २०८०
आइतवार, फाल्गुण २० २०८०
  • एकैदिन दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाला सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार रुपैयाँले बढेर १ लाख २१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको १ हजार ४ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij