अमेरिकामा सेनाको हेलिकोप्टरसँग यात्रुवाहक विमान आकाशमै ठोक्कियो

अमेरिकामा सेनाको हेलिकोप्टरसँग यात्रुवाहक विमान आकाशमै ठोक्कियो

बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • अमेरिकामा सेनाको हेलिकोप्टरसँग यात्रुवाहक विमान आकाशमै ठोक्कियो

    काठमाडौं । अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ । रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किएको हो । 

     एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ । दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ । 

    विमान र हेलिकप्टरमा सवार यात्रुको अवस्था थाहा हुन सकेको छैन । नजिकैको नदीमा खोजी भइरहेको छ । ६० यात्रु र चालकदलका चार सदस्य जना सवार उक्त विमान क्यान्सास राज्यको विचिटाबाट उडेको थियो ।

    वाशिङटन डिसीको रोनल्ड रेगन विमानस्थलको धावनमार्ग ३३ मा अवतरण गर्ने तयारीका क्रममा हेलिकप्टरसँग आकाशमा ठोक्किएको र पोटोम्याक नदीमा खसेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij