वित्तीय संस्थाद्वारा मधेसका औद्योगिक क्षेत्रमा कर्जा प्रवाहमा वृद्धि

वित्तीय संस्थाद्वारा मधेसका औद्योगिक क्षेत्रमा कर्जा प्रवाहमा वृद्धि

मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • वित्तीय संस्थाद्वारा मधेसका औद्योगिक क्षेत्रमा कर्जा प्रवाहमा वृद्धि

    वीरगञ्ज । मधेस प्रदेशको औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब २१ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (मधेस प्रदेश)अनुसार आर्थिक बर्ष २०७९/८० को तुलनामा आर्थिक बर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाले मधेसका औद्योगिक क्षेत्रमा ११ दशमलव दुई प्रतिशतले कर्जा  प्रवाह बढाएका छन् ।

    बैंक तथा वित्तीय संस्थाले आर्थिक बर्ष २०७९/८० मा यहाँका औद्योगिक क्षेत्रमा १ खर्ब ९ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकको प्रतिवेदनअनुसार मधेस प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरखाद्यवस्तु उत्पादन उद्योगतर्फ ५३ दशमलव ६८ प्रतिशत रहेको छ ।  

    त्यसैगरी कृषि, वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३४ दशमलव ५५ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स एवं धातुका सामानको उत्पादनतर्फ चार दशमलव ४७ प्रतिशत रहेको छ । त्यसैगरी निर्माण उद्योगतर्फ पाँच दशमलव ६७ प्रतिशत, खानी उद्योगतर्फ एक दशमलव २५ प्रतिशत र विद्युत्, ग्यास तथा पानी उद्योगतर्फ शून्य दशमलव ४६ प्रतिशत कर्जा प्रवाह भएको  राष्ट्र बैंकले जनाएको छ ।
     
    राष्ट्र बैंकका अनुसार आर्थिक बर्ष २०८०/८१ म मधेस प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कर्जा पर्सामा ६३ दशमलव ४९ प्रतिशत अर्थात् ७७ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । मधेस प्रदेशमा सबैभन्दा धेरै उद्योग पर्सामा रहेकाले सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह पनि पर्सामा भएको देखिन्छ ।
     
    यस्तै, दोस्रो धेरै औद्योगिक कर्जा प्रवाह हुने जिल्ला धनुषा रहेको छ । सो जिल्लामा नौ दशमलव ४४ प्रतिशत अर्थात् ११ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । बारा जिल्लामा ७ अर्ब ३१ अर्ब रुपैयाँ, सिराहामा ६ अर्ब १० करोड रुपैयाँ, सर्लाहीमा ६ करोड ४८ करोड रुपैयाँ, महोत्तरीमा ५ अर्ब ५१ करोड रुपैयाँ, रौतहटमा ४ अर्ब ५८ करोड रुपैयाँ र सप्तरीमा भने सबैभन्दा कम अर्थात्  २ अर्ब ९८ करोड रुपैयाँ रकम औद्योगिक क्षेत्रमा कर्जा प्रवाह भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij