बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार पनि सुनको मूल्य सोही रुपैयाँमा कारोबार भएको थियो । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij