काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कायम भएको महासघले जनाएको छ ।
यस दिन चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । हिजो पनि सोही रुपैयाँमा कारोबार भएको थियो ।