काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा स्थिर आएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।