वीरगञ्जबाट धानचामल आयात बढ्यो, पाँच महिनामा करिब ४ अर्बकाे धान र ९३ करोडकाे चामल भित्रियाे

वीरगञ्जबाट धानचामल आयात बढ्यो, पाँच महिनामा करिब ४ अर्बकाे धान र ९३ करोडकाे चामल भित्रियाे

शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • वीरगञ्जबाट धानचामल आयात बढ्यो, पाँच महिनामा करिब ४ अर्बकाे धान र ९३ करोडकाे चामल भित्रियाे

    वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ । 

    गत आर्थिक वर्षको सोही अवधिको  तुलनामा चालु आवमा  धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ । साथै राजस्व सङ्कलनको आधार पनि एक सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा रु दुई अर्ब ४० करोड ३१ लख ६४ बराबरको धान आयात भएको थियो । 

    चालु आवको पाँच महिनामा रु ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व सङ्कलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij