काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।