काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि तेलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।