काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदी मुल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।