काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।