काठमाडौं । सुनचाँदीको मूल्य आज २२ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार २ सय रुपैयाँले घटेर १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।