नागरिक लगानी कोष र तल्लो इर्खुवा जलविद्युत आयोजनाबीच सेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र तल्लो इर्खुवा जलविद्युत आयोजनाबीच सेयर प्रत्याभूति सम्झौता

सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • नागरिक लगानी कोष र तल्लो इर्खुवा जलविद्युत आयोजनाबीच सेयर प्रत्याभूति सम्झौता
    काठमाडौँ । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्तकुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरे ।
     
    इर्खुवा हाइड्रोले प्रति सेयर रु एक सयका दरले २८ लाख पाँच हजार सात सय ५० कित्ता बापतको रु २८ करोड पाँच लाख ७५ हजार बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले छ महिनासम्म रहने छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij