चार महिनामै नेपालबाट ६६ करोड ५८ लाखको सिमेन्ट निर्यात‍‍

चार महिनामै नेपालबाट ६६ करोड ५८ लाखको सिमेन्ट निर्यात‍‍

शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • चार महिनामै नेपालबाट ६६ करोड ५८ लाखको सिमेन्ट निर्यात‍‍

    काठमाडौं । चार महिनाको अवधिमा नेपालबाट साढे ६६ करोड बराबरको सिमेन्ट निर्यात भएको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ६६ करोड ५८ लाख ७३ हजार रुपैयाँ बराबरको दुई लाख ६८ हजार ७०५ टन सिमेन्ट क्लिङ्कर र सिमेन्ट निर्यात भएको भन्सार विभागले जनाएको छ । 

    जसमध्ये ४९ करोड ६८ लाख ६३ हजार रुपैयाँको दुई लाख ३८ हजार ८५४ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ ।

    यसैगरी १६ करोड ९० लाख ९ हजार रुपैयाँको २९ हजार ८५१ टन सिमेन्ट क्लिङ्कर निर्यात भएको छ ।

    गत आर्थिक वर्षमा तीन अर्ब ८५ करोड २८ लाखको सिमेन्ट निर्यात भएर नेपालबाट निर्यात हुने प्रमुख १० वस्तुको सूचीमै परेको थियो । निर्यात सुरु भएको पहिलो आव ०७९/८० मा ७७ करोड ९३ लाखको सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्यांक छ । नेपालबाट असार ०७९ देखि सिमेन्ट र क्लिंकर निर्यात सुरु भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij