काठमाडौं । सुनचाँदी बजारमा आज छापावाला सुनको मूल्य हजार रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार रुपैयाँले बढेर १ लाख ५० हजार ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ८ सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार ८ सय १५ सय रुपैयाँमा कारोबार भएको थियो ।