पेट्रोलको मूल्य बढ्यो, अब कति पर्छ ?

पेट्रोलको मूल्य बढ्यो, अब कति पर्छ ?

शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • पेट्रोलको मूल्य बढ्यो, अब कति पर्छ ?

    काठमाडौं । पेट्रोल र हवाई इन्धनको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि गरेको हो । 

    यस अनुसार अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ र बाँकी क्षेत्रमा १५७.५० रुपैयाँ पर्नेछ । 

    त्यस्तै, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १२८ रुपैयाँ पर्नेछ भने अन्तराष्ट्रिय हवाई इन्धन (अन्तर्राष्ट्रिय) काठमाडौंमा ९७५, पोखरामा ८१८ र भैरहवामा ८०२ अमेरिकी डलर पर्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij